बुटवलमा आयो टिभिएसको अपचो आर टि आर १६० टु भी

by समतल अनलाइन

बुटवल । टिभिएसको नयां मोटरसाईकल अपाचे आर टि आर १६० टु भी बुटवलमा लन्च भएको छ । टिभिएसका लागि बुटवलको आधिकारिक विक्रेता रहेको बालाजी अटोमोबाइल्सले बिहीवार उक्त मोटरसाईकल को विक्रि शुभारम्भ गरेको हो ।

न्यु रेस इन्स्पायर्ड ग्राफिक्स र फराकिलो टायर भएको नयां मोटरसाईकल गुडाउंदा अझ बढी सुरक्षित हुने विश्वास विक्रेताको छ । उक्त बाइकको आर टि आर ओभरीक्वायर इन्जिन ले ८ हजार आरपिएम मा १४ दशमलब ४ पि एसको पावर प्रदान गर्दछ । त्यस्तै, यसमा बेस्ट इन क्लास एम आइ जी सस्पेन्सन सक अप राखिएको छ ।

यो मोटरसाईकल पर्ल वाइट, म्याट ब्लु, ब्ल्याक, गल्स रेड र ग्रे गरी ५ वटा भेरियन्ट कलरमा उपलब्ध रहेको बालाजी अटो मोबाइल्सका इन्चार्ज सुन्दर अर्यालले बताए । मोटरसाइकलको विक्रि दर २ लाख ६९ हजार ९ सय रहेको उनले जनाए ।

 
 
  
 

You may also like