मेघगर्जन र चट्याङसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौ । नेपालमा फेरि मनसुन सक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक परेका कारण मनसुन सक्रिय भएको मौसमविदले जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (सोमबार) केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

यसैबीच आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश–२, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 
 
  
 

You may also like