१६४ घर खरको छानामुक्त

by समतल अनलाइन

मकवानपुर । मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिकामा खरको छानामुक्त गर्ने अभियान अन्तर्गत पछिल्लो पटक १६४ घर खरको छानोमुक्त भएका छन् ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाको १ नम्बर वडामा १७ वटा घर छनोट भएर नागरिक लाभान्वित भएका छन् भने २ नम्बर वडामा पनि १७ घरका नागरिकले सो सुविधा लिएका छन् । ३ नम्बर वडाका १८, ४ नम्बर वडाका २०, ५ नम्बर वडाका १७, ६ नम्बर वडाका १७, ७ नम्बर वडाका २०, ८ नम्बरका १८ र ९ नम्बरका २० घरधुरी लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।

सङ्घीय सरकारले उपलब्ध गराएको रकम रु ५० हजारको दरले १६८ घरपरिवारलाई वितरण गरिएको थियो । त्यस्तै प्रदेश सरकारकातर्फबाट रु २५ लाख र स्थानीय सरकारका तर्फबाट रु २५ लाख गरी कूल रु ५० लाखमार्फत १२५ घरधुरीलाई रु ४० हजारको दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो । गाउँपालिकाका अधिकांश घर पछिल्लो पटक खरको छानोमुक्त बनेका छन् ।

 
 
  
 

You may also like