बागलुङमा बस दुर्घटना, ११ जना घाइते

बागलुङ। बागलुङमा आज (सोमबार) बिहान यात्रुवाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१, सौराहमा काठमाडौंबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको रात्रि बस ‘ब्रेक फेल’ भई सडकको भित्तामा ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

घाइते सबै सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 
 
  
 

You may also like