रोट्र्याक्ट बुटबल रामापिथेकसको पदहस्तान्तरण

बुटवल । रोट्र्याक्ट क्लब अफ बुटबल रामापिथेकसको छैठौं पदहस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । क्लबका निबर्तमान बर्ष २०२०/२१ अध्यक्ष रोट्र्याक्टर रमेश ढकालले २०२१/२२ का अध्यक्ष रोट्र्याक्टर विजय कार्कीलाई पदहस्तान्तरण गरेका हुन । नव नियुक्त अध्यक्ष कार्कीलाई रोट्र्याक्टर जोन २१ का (जेड-आर-आर) कृष्ण भुषालले पद तथा गोपनियताको सपथ खुवाएका थिए । पदहस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष ढकालले एक बर्ष भरि गरिएका कामहरुको बारेमा समिक्षा गर्दै क्लबका मेम्बर, बोर्ड मेम्बरहरुलाई मायाको चिनोबाट सम्मान तथा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा पदभार ग्रहण गर्दै २०२१/२२ का अध्यक्ष कार्कीले क्लबले अगाडी सारेका ठुला कामहरुलाई निरन्तरता दिदै आगामी दिनमा नयाँ र पृथक खालका कार्यक्रहरु संचालन गर्ने बताए । उनले भने- “क्लबको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुन् पाउदा निकै खुशी लागेको छ, आफ्नो कार्यकाल सभ्य र भव्य बनाउने छु, यसमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।”

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय चेतनारायण आचार्यले रोट्र्याक्ट क्लब अफ बुटबल रामापिथेकसले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्वपुर्ण रहेको उल्लेख गरे । सामाजिक क्षेत्रमा खोलिएका क्लबहरुले युवाहरुको नेतृत्व विकास, क्षमता बिकासमा कार्यक्रम सच्चालन गर्नु पर्ने धारणा राखे । समाज परिवर्तनको खम्बा युवाहरु नै भएकाले समाज परिर्वतनमा युवाहरु एक ढिक्का भई लाग्नु पर्ने बताए ।

कार्यक्रममा बिशेष अतिथि राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले युवाहरु परिवर्तन र विकासका संवाहक भएकाले आर्थिक विकासमा संलग्न गराउनु जरुरी रहेको बताए । रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुंचका कारण युवा पलायनको समस्या बढेको बताए । उनले स्थानिय सरकारसंगको सहकार्यमा युवा सहभागितामुलक कार्यक्रमहरु उत्साहपूर्वक संचालन गर्न सकिने समेत बताए । रोटयाक्ट्र क्लब जस्तो सामाजिक क्षेत्रमा खोलिएका क्लबहरु यो अभियानमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा रोटरि डिष्ट्रीका ३२९२ नेपाल भुटानका रोटरिएन (एजि) जिबन अधिकारी ,क्लबका एडभाईजर रोटरिएन राजेन्द्र ढकाल ,रोटरि क्लब बुटबल डाउनटाउनका अध्यक्ष रोटरिएन जबिन कक्षपति ,रोटयाक्ट क्लब बुटबल रामापिथेकसका संस्थापक अध्यक्ष रोट्र्याक्टर सरोज पोखरेल, रोट्र्याक्टर जोन २१ का (जेड आर आर) रोट्र्याक्टर कृष्ण भुषाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा इलेक्ट प्रेसिन्डेट रोट्र्याक्टर बिष्णु घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष रोट्र्याक्टर निरज आचार्य र सचिब रोट्र्याक्टर पारस मरासिनिको संचालान तथा रोट्र्याक्टर रमेश ढकाल र रोट्र्याक्टर बिजय कार्कीको संयुक्त अध्यक्षयतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा क्लबका कोषाध्यक्ष रोट्र्याक्टर सिद्धार्थ आचार्यले धन्यवाद मन्तव्य राखेका थिए

 
 
  
 

You may also like