गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजद्धारा पहिरो पिडीतलाइ राहत

गुल्मी ।गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले पहिरो पिडीतलाइ राहत तथा रुरु क्षेत्र गाउपालीका ४ लाइ अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ ।
गत असार २४ गते बिहानको अबिरल बर्षापछी झरेको पहिरोका कारण पिडीत रुरु ४ चौतारामा सम्पर्क समाजले ८८ हजार ९ सय रुपैया सहयोग प्रदान गरेको हो । सम्पर्क समाजका अध्यक्ष हेमबहादुर थापा, रुरु क्षेत्र ४ का वडाअध्यक्ष फर्सुराम ज्ञवाली र साबिक बलेटक्सार गाबिसका पुर्व अध्यक्ष चक्रपाणी गौतमले शनिबार चौतारामा आयोजित कार्यक्रममा पहिरो पिडितहरुलाइ सो रकम प्रदान गरेका हुन ।
कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बलेटक्सार बासीहरुको साथमा सम्पर्क समाज सदैब हातेमालो गरेर अगाडी बढ्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका अध्यक्ष हरि ज्ञवाली , वडा अध्यक्ष फर्सुराम ज्ञवाली , पुर्व गाबिस अध्यक्ष चक्रपाणी गौतम , स्थानिय समाजसेबीहरु नारायण पौडेल र टेकबहादुर केसीले सम्पर्क समाजको अभियानको प्रशंसा गरेका थिए । हेम थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन सचिब कपिल ज्ञवालीले गरेका थिए । यसैबिच सोही दिन बिहान समाजले रुरु क्षेत्र गापा ४ लाइ अक्सिजन कन्सनट्रेटर हस्तान्तरण समेत गरेको थियो । एक्सपर्ट फाउन्डेशन नेपालबाट समाजलाई प्राप्त उक्त स्वास्थ्य सामाग्री एक कार्यक्रमका बिच अध्यक्ष थापा र फाउन्डेशनका अध्यक्ष रोशन कंडेलले वडा अध्यक्ष ज्ञवाली र बलेटक्सार स्वास्थ्य चौकी प्रमुख इन्द्रदेब पौडेललाइ हस्तान्तरण गरे । यसैगरी समाजले आगामी दिनमा समेत साबिक बलेटक्सार क्षेत्रमा आफ्नो उपस्थिती जनाइराख्ने समाजका सचिब कपिल ज्ञवालीले जानकारी दिए ।

 
 
  
 

You may also like