‘केपी ओली जिन्दावाद’ भन्दै माईतीघरमा युथफोर्सको शक्ति प्रदर्शन

काठमाडौ। नेकपा (एमाले) निकट युवाहरुको संगठन युथ फोर्सले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । युथफोर्सले हजारौंको संख्यामा आज मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गरेको एमाले नेता महेश बस्नेतले जानकारी दिए ।

युवा संघ तथा युथफोर्स जिल्ला कमिटी भक्तपुरले हजारौको मोटरसाइकल र्याली गरेको छ । मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य हुने भएको छ ।

उक्त मार्चपास सम्पन्न गरी कार्की व्याङ्क्वेटमा काठमाडौँ युथफोर्स भ्याली कमाण्डसमेत घोषणा गर्ने भएको छ । उक्त घोषणा तथा सपथ कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।

 
 
  
 

You may also like