लायन्स क्लब अफ सैनामैनाले गर्यो भरैयामा बृक्षारोपण

बुटवल । लायन्स क्लब अफ सैनामैना मलमलाले शुक्रबार रुपन्देहीको सैनामैना नगरपालीका वडा नम्बर ९ भरैयामा बृक्षारोपण तथा संरक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष सरोज पन्तको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका बिभिन्न पदाधिकारी , सदस्य तथा सामाजीक ब्यक्तित्वहरुको सहभागीतामा बृक्षारोपण कार्यक्रम गरिएको संयोजक इश्वरी भण्डारीले जानकारी दिए ।
रिजन चेयरपर्सन लायन माधब खनालको प्रमुख आतिथ्यतामामा भएको बृक्षारोपण तथा संरक्षण कार्यक्रममा जोन चियर पर्सन लायन एकदेब बस्याल, चार्टर प्रेसीडेन्ट लायन कृष्ण प्रसाद शर्मा , पास्ट प्रेसीडेन्ट लायन घनश्याम पाण्डे, बलराम पौडेल लगायतको सहभागीता रहेको थियो ।
इश्वरी भण्डारीको स्वागत तथा सचिब लेखनाथ गैरेको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले क्लबले यस्ता सामाजीक कामहरुलाइ अगाडी बढाएकोमा खुसी ब्यक्त गर्दै बृक्षारोपण मात्र होइन संरक्षणमा पनी बिशेष ध्यान दिन आग्रह गरेका थिए ।
बिभिन्न प्रजातीका ५० भन्दा धेरै बिरुवाहरु रोपिएको कार्यक्रममा सहभागीहरुलाइ क्लबका अध्यक्ष पन्तले धन्यबादसमेत ब्यक्त गरेका थिए ।

 
 
  
 

You may also like