रुपन्देहीमा ३७१ जनाको कोरोना परिक्षण गर्दा ३३ जना संक्रमित

बुटवल । रुपन्देहीमा थप ३३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। ३७१ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

जिल्ला स्वस्थ्य कार्यलयका अनुसार बुटवल उप- महानगर पालिकामा ९ जना , तिलोत्तमा नगरपालिकामा १४ जना , देवदहमा ४ जना , सियारी , सैनामैना , सिद्धार्थ र कन्चनमा २/२ जना , जनाको कोरोना पुष्टि भएको छ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा रुपन्देहीमा मृत्युु हुनेको संख्या शून्य रहेको छ। जिल्लामा हालसम्म ५०६ जनाको मृत्यु भैसकेको छ ।

सक्रिय संक्रमितको संख्या ३३२ जना रहेको छ भने संक्रमीत हुनेको संख्या २८ हजार ९ सय २२ जना रहेका छन ।

 
 
  
 

You may also like