रुपन्देहीमा थपिए ३५ जना संक्रमित

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टाको अवधिमा १५१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १४ जना,सैनामैना नगरपालिका , तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपलिकामा ४/४ जना, देवदह नगरपालिका ५ जना सिद्धार्थनगर नगरपालिका जना २ जना , रोहिणी र कन्चनमा १/१ जना कोरोना संक्रमित रहेका छन।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट शुन्य जनाको ज्यान कार्यालयले जनाएको छ ।

जिल्लामा हालसम्म ५१४ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३७० जना रहेको छन्।

 
 
  
 

You may also like