१,२८८ ले जिते कोरोना, २,७१४ नयाँ थपिए, २४ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १,२८८ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । यो निको हुने यो दर ९४.५ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप २,७१४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ८२९ नमूना परीक्षणमा २,७१४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ९,१२२ नमूनाको पीसीआर र ३७ सय ७ नमूनाको एन्टिजेट विधिबाट परीक्षण गरिएकोमा पीसीआरबाट १,८५५ र एन्टिजेन विधिबाट ८५९ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६९७ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५३६, भक्तपुरमा ८५ र ललितपुरमा १३० जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ७,९१२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
यस्तै बिहीबार कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९,६६१ पुगेको छ ।

 

 
 
  
 

You may also like