रुपन्देहीमा थपिए केहिदिन यताकै थोरै संक्रमित

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा ४७ जनाको कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा , बुटवल उप-महानगरपालिका र देवदह नगरपालिकामा २/२ जना, सैनामैना नगरपालिकामा , सिदार्थ र शुद्दोधनमा १/१ जना कोरोना संक्रमित थपिएका छन ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३४ रहेको छन्।

 
 
  
 

You may also like