पर्यटन बोर्डद्धारा विभिन्न देशका राजदूतहरुसँग पर्यटन प्रवद्र्धनको लागि अन्तरक्रिया

काठमाण्डौ ।नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा मंगलवार विभिन्न देशका राजदूतहरुसंग छलफल गरेको छ । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका काममहरूबारे जानकारी दिनु भएको थियो । उहांले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयां रणनीति,प्रडक्ट र कार्यनीति आवश्यक भएको र बोर्डले सोही अनुरुप काम गरिरहको जानकारी दिनुभयो । सिइओ डा. रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समुहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको बताउ‘ंदै बोर्डले दुतावासहरुसंग सहकार्य गरी पर्यटन प्रर्वद्धनका काम गर्ने बताउनु भयो ।
कार्यक्रममा राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भएपनि त्यसपछिका लागि अहिले देखि नै तयारी आवश्यक रहेको बताउनुभयो । खोपको विकास र विस्तारसँगै अन्तरराष्ट्रिय पर्यटन चलायमान भएको भन्दै उहाँहरुले नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकोले त्यसतर्फ ध्यान दिई प्रवद्र्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिनुभयो । यस्तै राजदूतहरूले नेपालको हवाई भाडा अति महँगो भएकोले पर्यटक आगमनमा समस्या पर्ने गरेकोले त्यसलाई समायोजन गर्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत डा. वशिधर मिश्रले नेपालका लागि बंगलादेश ठूलो बजार रहेपनि सोही अनुरूप काम हुन नसकको धारणा राख्नु भयो । बंगलादेशमा करिब डेढ करोड हिन्दु र ८० लाख बुदिष्ट जनसंख्या भएकोले केही प्रवद्र्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिन सके बंगलादेशबाट ठूलो सँख्यामा पर्यटक नेपाल लैजान सकिने बताउनु भयो । उहाँले लामो समय देखि हुन नसकिरहको उच्चस्तरिय भ्रमण गत वर्ष भएको र त्यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आवश्यक रहको बताउनुभयो । यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी सीमा पर्यटनलाई जोड दिन आवश्यक रहको धारणा राख्नु भयो । उहाँले अंग्रेजी अन्तरराष्ट्रिय भाषा भएपनि विश्वमा अंग्रेजी नबुझुनेको संख्या ठूलो रहेकोले स्थानीय भाषामा प्रवद्र्धनका सामग्री तयार पार्न बोर्डलाई सुझाव दिनुभयो । यस्तै भारत स्थित नेपाली दुतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकोले भारतमा थप प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक रहेको बताउनु भयो । उहाँले भाषा,धर्म संस्कृति र खानपानका कारणले पनि भारतीयहरुलाई नेपाल सहज गन्त्वय भएकोले प्याकेज सहितको बजारीकरणलाई जोड दिनु पर्ने बताउनु भयो । श्रीलँका स्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलँकाको लागि प्रमुख आर्कषण लुम्बिनी भएपनि साहसिक पर्यटनको लागि पनि श्रीलंकन पर्यटकलाई नेपाल लैजान सकिने बताउनु भयो । उहाँले पर्यटन पूर्वाधारका विषयमा नेपालले श्रीलंकाबाट धेरै सिक्न सक्ने धारणा राख्दै थप पर्यटक लैजान एअर कनेक्टिभिटीमा जोड दिन आवश्यक रहको बताउनु भयो ।
विभिन्न देशका राजदूतहरुसँग निरन्तर छलफल गरिरहेको बोर्डले मंगलवार भारत,बंगलादेश,पाकिस्तान र श्रीलँकाका राजदूत तथा राजदूतावासका अन्य अधिकारीसँग भच्र्युअल अन्तरक्रिया गरेको थियो । बोर्डले यस अघि कोभिड महामारीबिच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागी के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका मध्यपूव,उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूलरहरुसँग पनि अन्तरक्रियाकार्यक्रम सम्पन्न गरिसकेको छ । बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैलि अपनाई नेपालको पर्यटकिय छविलाई अन्तराष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको बोर्डका मिडिया कन्सल्टेनट टीपी भुसालले बताउनुभयो ।

 

 
 
  
 

You may also like