ओली समूहका प्रेम आले र किसान श्रेष्ठसहित पाँच सांसदले दिए देउवालाई विश्वासको मत

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । देउवालाई संसदका १६२ सदस्यले विश्वासको मत दिएका छन्। त्यस्तै ८४ जनाले विश्वासको मत दिएनन्। ओली पक्षबाट प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पार्वती विसंखे, धनबहादुर बुढा र गोपाल बमले देउवालाई विश्वासको मत दिएका हुन् । प्रेम आले यसअघि मन्त्री माग्दै बूढानीलकण्ठमा पुगेको खबर सार्वजनिक भएको थियो ।

यद्यपि एमाले संसदीय दलको बैठकले सांसदहरुलाई देउवाको विपक्षमा उभिन ह्विप जारी गरेको थियो। सर्वोच्च अदालतको असार २८ को फैसला अनुसार सांसदहरुलाई स्वविवेकीय अधिकार दिइएपछि फ्लोर क्रस भएको हो। एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेका हुन् ।

 
 
  
 

You may also like