हामी देउवालाई विश्वासको मत दिन्छौं : महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । संसदमा आफ्नो धारणा राख्दै उनले जबजब प्रधानमन्त्री बन्छ, आफूहरूको आन्दोलन कमजोर हुने गरेको धारणा राखेका छन् । उनले भने, ‘शेरबहादुर देउवालाई मत दिएर आफूलाई घायल बनाएका छौं ।’

‘प्रधानमन्त्री देउवा परमादेशले प्रधानमन्त्री बनेका हुन्, जनादेशले बनेका होइनन्’ भन्दै उनले संविधानको जति गुणगान गाए पनि मधेसी जनताले गोली खाएको र कतिपय साथै जेलमा रहेको धारणा राखे । वर्तमान प्रधानमन्त्री देउवाले चिठी पठाएर मत मागेको तर यो संविधानले उत्पीडित समुदायका लागि के गरेको भन्दै उनले प्रश्न गरे ।

उनले पूर्व प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै आफूहरूको केही माग पुरा गरेको बताएका छन् । सर्वोच्च अदालतको सम्मान गर्छौ तर नागरिकता दिने अधिकार राज्यको हो तर राष्ट्रियताको निर्धारण र न राज्यले गर्न सक्छ न अदालतले गर्छ, उनले भने, ‘नागरिकता नभए राज्यबाट कुनै सुविधा पाउँदैन, नागरिकता नभए लिगल पर्सनालिटी पाउँदैन ।’

 

 
 
  
 

You may also like