जसपाको महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि कांग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो । छलफलमा प्रम देउवाले ठाकुरलाई मधेसका माग पुरा गर्ने आश्वासन दिएका थिए ।

देउवाको आश्वासनपछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो । जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको छ । जसपाका कूल ३२ जना सांसद छन् ।

 
 
  
 

You may also like