थप १८०१ जनामा कोरोना संक्रमण , २३ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।
देशभर २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ५६१ जना आईसीयूमा छन् भन् १६५ जना भेन्टिलेटरमा रहेका छन् ।

हालसम्म नेपालमा ९ हजार ५५० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

 
 
  
 

You may also like