बढ्यो सुन–चाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको भाउ उकालो लागेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा १३ सय २० रुपैयाँ छ ।

 
 
  
 

You may also like