उत्तर कोरियामा खाद्य संकट : गर्भवती महिला र बालबालिका बढी प्रभावित

काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामा बढ्दै गएको खाद्यसंकटप्रति चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघको सुरक्षा परिषदले कोरोना महामारीका कारण चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

लामो समयको खडेरीका कारण उत्तर कोरियामा सन् १९९० को दशकको भोकमरी पुनरावृत्ति हुने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि आफ्नो मुलुकले खाद्यान्नको थप संकट व्यहोर्नु पर्ने स्वीकारेको केही दिनअघि सार्वजनिक भएको थियो ।

त्यहाँको सरकारी सञ्चारमध्यमका अनुसार गत वर्ष मौसम प्रतिकूल नहुँदा कृषिमा अपेक्षा अनुसारको उत्पादन नभएकाले खाद्य संकट देखा परेको हो ।

लण्डनस्थित एसओएस विश्वविद्यालयले गरेका एक अध्ययन अनुसार उत्तर कोरियामा भोकमरीका कारण गर्भवती महिला, बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । यसअघि राष्ट्रसंघीय खाद्य कार्यक्रमले पनि सहायता दिँदै आएको थियो । एजेन्सी

 

 
 
  
 

You may also like