रुपन्देहीमा फेरि बढ्यो कोरोना संक्रमितको संख्या , आज मात्रै ४४ जना संक्रमित

बुटवल । ​रुपन्देहीमा केही दिनदेखि कोरोना संक्रमितको संख्या बढी रहेको छ। रुपन्देहीमा पछिल्लो २४ घण्टामा २४८ जनाको परिक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा १९ जना, बुटवल उपमहानगरपालिकामा १६, तिलोत्तमा र सिद्धार्थ नगरपलिकामा २/२ जना, देबदह नगरपालिकामा ४ जना, सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिका, कन्चन गाउँपालिका र सुद्वोधन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका हुन् ।

​रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा काेराेनाबाट १ जनाको ज्यान गएको छ भने २३ जना निको भएका छन । जिल्लामा अहिलेसम्म जिल्लामा ४८८ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २४९ रहेको छन् ।

 
 
  
 

You may also like