माओवादीबाट चुनाव जितेर एमाले प्रवेश गरेका दुई मेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं। निर्वाचन आयोगले माओवादी केन्द्रले कारबाही गरेका पालिकाका १४ जनप्रतिनिधिको पद रिक्त गरेको छ ।
२०७४ सालको पालिका चुनावमा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

आयोगले विज्ञप्ति निकालेर माओवादी केन्द्र छाडेर एमालेमा गएका दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको हो । आयोगका अनुसार रौतहटको मैलापुर नगरपालिकाका मेयर रिना कुमारी शाह र कटहरीया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह पदमुक्त भएका हुन् । यस्तै महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकलाई पनि आयोगले पदमुक्त गरिदिएको छ ।

यस्तै रौतहटको देवाही गुनाही नगरपालिकाका उपमेयर परनिया देवी, मैलापुर नगरपालिकाका उपमेयर गौरिशंकरप्रसाद, फतुवाविजयपुर नगरपालिकाका उपमेयर कान्ति देवी, माधवनारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह र कैलालीको भजनी नगरपालिकाका उपमेयर छायाँदेवी देवकोटा पदमुक्त भएका छन् ।

यस्तै ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ का वडा अध्यक्ष सुरेशकुमार थापा, कैलालीको गौरीगंगा नगरपालिका–४ का वडा अध्यक्ष भागरथी विष्ट, गोदावरी नगरपालिका–१ का शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका–४ का वडा अध्यक्ष पुरनसिंह वि.सी. पनि पदमुक्त भएका छन् ।
हेर्नुस् नामावली

 
 
  
 

You may also like