इँटा बनाउँदा खनिएको खाल्डोको पानीमा डुबेर दाजुभाइको ज्यान गयो

सर्लाही। सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर एकै घरका दुई दाजुभाइको ज्यान गएको छ । मलंगवा नगरपालिका–११ का सद्दाम अन्सारीका छोराहरू आठ वर्षका रेआज अन्सारी र ६ वर्षका नेआज अन्सारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका उनीहरू इँटा बनाउँदा खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्दा ज्यान गएको हो । यस्तै सर्लाहीमै हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मङ्गलवार राति घर भत्काउन थालेपछि बाहिर निस्किएका ईश्वरपुर नगरपालिका–१३ का ५५ वर्षका रामआशिष महतोलाई हात्तीले आक्रमण गरेको र उपचारका क्रममा बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like