जातीय विभेद गरी कोठा भाडामा नदिने बबरमहलकी घरबेटी पक्राउ

काठमाडौं। तनहुँ घर भएकी २४ वर्षीया सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गर्दै कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानलाई आज महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

घरबेटी प्रधानविरुद्ध सञ्चारकर्मी रुपाले बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी थिइन् । उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी, पत्रकार र कानून व्यावसायीको उपस्थिति र छलफल जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।

प्रहरीले घरबेटीलाई पक्राउ गरेपछि रुपालाई पनि बोलाएको रुपाले जानकारी दिएकी छन् । उक्त कसुरअनुसार तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

 
 
  
 

You may also like