मेलम्ची बाढी–पहिरो : विज्ञले औंल्याए यस्ता कारण, अझै छ ‘खतरा’


सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउनुको कारण सार्वजनिक गरिएको छ । हेलम्बु गाउँपालिकाले गएको १ गते बाढी आउनुको कारणबारे आज सूचना निकालेर जानकारी गराएको हो ।

वडा नम्बर–१ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएको गाउँपालिकाले जनाएको छ । विज्ञ डा. रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भागमा पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको हो ।

चौरको ७५ प्रतिशतमध्ये कति भागमा पहिरो जानसक्ने यकिन नभएको भन्दै थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउन समेत सूचनामार्फत आग्रह गरिएको छ ।

 
 
  
 

You may also like