राष्ट्र संघमा शान्ति सेना योगदान गर्नेको तेस्रो स्थानमा नेपाल (सूची)

काठमाडौं। संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा रहेको छ । शान्ति सेनामा कूल ५,६८६ फौज पठाएर सो स्थान हासिल गर्न सफल भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताएका छन् ।

शान्ति सेनामा ६,३३४ सैनिक योगदान गरेर पहिलो स्थानमा छ भने इथियोपिया दोस्रो स्थानमा छ । उसले नेपालले भन्दा ३० जना बढी सैनिक पठाएर दोस्रो स्थानमा रहेको हो ।

त्यस्तै ५ हजार ९० जना पठाउने रुवाण्डा र ५,४५६ जना योगदान गर्ने भारत चौथो र पाँचौं स्थानमा छन् । शान्ति सेनामार्फत् नेपाली सेनाले द्वन्द्वग्रस्त १२ देशमा शान्ति स्थापनार्थ खटिएको छ ।

अहिलेसम्म नेपाली शान्ति सेनाले कंगो, सुडान, साउथ सुडान, वेस्टर्न सहारा, इजरायल, लेवनान, माली, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, इराक र लिवियालगायत देशहरुमा शान्ति स्थापनार्थ योगदान पुर्‍याएका छन् । त्यसैगरी, पाकिस्तान, इजिप्ट, इन्डोनेसिया, चीन र घाना क्रमशः छैठौंदेखि दशौं स्थानसम्ममा छन् ।

 
 
  
 

You may also like