अरुण तेस्रोको टिपर भीरबाट खस्यो : एकको मृत्यु, एक जना घाइते

संखुवासभा, निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनामा सामान ढुवानी गर्ने टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । संखुवासभा चिचिला गाउँपालिका–३ स्थित पुखुवामा पाथीभरा कन्स्ट्रक्सनद्वारा सञ्चालनमा रहेको बा.५ख १४० नम्बरको टिपर भीरबाट खसेको हो । दुर्घटनामा टिपरमा सवार धनकुटाका २२ वर्षीय दिपेश भट्टराईको मृत्यु भएको छ ।

टिपर चालक काभ्रेपलाञ्चोक भकुण्डेबेसीका २० वर्षीय नवराज श्रेष्ठ घाइते छन् । बुधबार बेलुका ९ बजे टिपरबाट ढुंगा अनलोड गर्ने क्रममा पछाडि सार्दा टिपर अनियन्त्रित भई भीरबाट अन्दाजी ३०० मिटर तल अरुण नदीको बगरमा झरेको थियो ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी बेस पुखुवा दोभानबाट खटिएको प्रहरीले घाइतेको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल खाँदबारीतर्फ पठाएको छ

 
 
  
 

You may also like