पूर्वराजा ज्ञानेन्द्र शाहको चिन्ता : अवस्था विकराल नहोस्

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले मनसुन प्रारम्भ मात्र भएको यो समयमा नै यति धेरै क्षति पुग्ने गरी बाढी पहिरो आएको भन्दै चिन्ता प्रकट गरेका छन् ।

उनले आज एक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । ‘मनसुन प्रारम्भमात्र भएको यो समयमा नै यतिधेरै क्षति हुन पुग्यो भने तीव्र वर्षात् आउने समयमा अझ के के हुने हो ? यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने हुन्छ ।’

उनले वक्तव्यमा भनेका छन्, ‘प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानुपर्ने देखिन्छ । अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारीरुपमा होस् भन्ने हाम्रो आग्रह छ ।’

 
 
  
 

You may also like