थप ५,१४७ ले जिते कोरोना, २,९१८ नयाँ थपिए, ५३ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ५,१४७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ८७.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गएको २४ घण्टामा नेपालमा २,९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ८१९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् ।

आज ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ४६४ पुगेको छ । हिजो देशभर २,४०७ जनामा संक्रमण पुष्टि भएको थियो भने ३,९९३ जना संक्रमणमुक्त भएका थिए । यस्तै, ४६ जनाको मृत्यु भएको थियो ।

 
 
  
 

You may also like