संसद विघटन राष्ट्रिय स्वाधीनता र जनअधिकारलाई समाप्त पार्ने अपराध : जनार्दन शर्मा

८ जेष्ठ २०७८, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दशन शर्माले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुलाई राष्ट्रिय स्वाधीनता र जनअधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य भएको टिप्पणी गरेका छन् ।

उनले आज बिहान समाजिक सञ्जालमार्फत त्यसविरुद्ध एकजुट हुन पनि आग्रह गरेका छन् । ‘राज्य असफल पारेर राष्ट्रिय स्वाधीनता र जनअधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्यविरुद्ध आम देशभक्त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एकजुट होऔं’, उनले लेखेका छन् ।

हिजो संविधानको धारा ७६ ९५० अनुसार एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैलाई प्रधानमन्त्री बनाउन नमिल्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको घोषणा गरेकी छिन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया