‘जनतालाई औषधि किन्ने पैसा नभएको बेलामा चुनाव किन ?’

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने भएको छ । त्यसको तयारी भइरहेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।

‘यो एकाएक आएको होइन, अस्ती बेलुकादेखि तानाबाना बुनिँदै थियो । यो अहिलेको मात्रै घटना होइन । शुरुदेखि नै यो संसद फाल्ने, परिवर्तनलाई उल्ट्याउने, संविधान फाल्ने, समावेशी लोकतन्त्रलाई सिध्याउने गरिएको थियो, यो त्यसैको निरन्तरता पनि हो’, उनले भने ।
उनले अहिलेको अवस्थामा कसरी चुनाव हुन सक्छ भन्दै प्रश्न समेत गरेका छन् । ‘हामी कानुनी र राजनीतिक लडाईं लड्छौं । शव गाड्न जनताले साथ पाएका छैनन् । आर्यघाटमा शव जलाउन सकिने अवस्था छैन’, उनले भने, ‘जनतालाई औषधि किन्ने पैसा नभएको बेलामा चुनाव किन ?’

उनको आक्रोश राष्ट्रपतिप्रति पनि थियो । ‘राष्ट्रपतिले जसरी अभिभावकको भूमिका खेल्नुपथ्र्यो, त्यो हुन सकेन । खोई संविधानको माया ? प्रधानमन्त्री त म नभएपछि कोही हुँदैन भन्ने लाइनमा थिए । उनी तानाशाही बाटोमै थिए, राष्ट्रपति किन सहयोगी बनेको ?’, उनको प्रश्न थियो ।

 
 
  
 

You may also like