गगन थापाको आह्वान : राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कदमको प्रतिरोध गरौं

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कदमको प्रतिरोध गर्न आह्वान गरेका छन् ।

नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेकोप्रति आक्रोश पोख्दै प्रतिरोध गर्न आव्हान गरेका छन् । ‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्’ थापाले ट्वीटरमा लेखेका छन्, ‘नेता गण ! न अलमलिउँ,खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’
यस्तै उनले खड्ग ओली र विद्या भण्डारीलाई संविधान र संसद विघटन मन नपरेको बताउदै उनीहरुको मिसन मिसन त संसद र संविधानको हुर्मत लिनु मात्र भएको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद ! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आह्वान, अनुकूल नभएपछि फेरि विघटन । कस्तो सेटिङ ! प्रत्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो, लिए ।’

 
 
  
 

You may also like