कोरोनाबाट बुटवलमा थप तीन जनाको मृत्यु

बुटवल। कोरोना भाइरस संक्रमणबाट बुटवलमा थप तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् ।जेठ ३ गते अस्पतालमा भर्ना भएकी बुटवल–११ की ७२ वर्षीया महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । उनी लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचाररत रहेकी थिइन् ।

त्यस्तै शुक्रबार अस्पतालको आइसियुमा भर्ना भएकी बुटवल–१२ की २६ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको गौतमले बताए । उनका अनुसार ४ गते भर्ना भएका बुटवल–८ का ५६ वर्षीय पुरुषको शुक्रबार साँझ ६ बजेर २९ मिनेटमा आइसियुमा मृत्यु भएको थियो ।

 

 
 
  
 

You may also like