प्रधानमन्त्री र मन्त्री श्रेष्ठलाई कारवाहीको माग गर्दै निर्वाचन आयोगमा कांग्रेसको उजुरी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।

राष्ट्रियसभा उपनिर्वाचनमा मौन अवधि शुरु भइसकेपछि बुधबार प्रधानमन्त्री ओलीले र मन्त्री श्रेष्ठले विज्ञप्ति निकालेर नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न अपिल गरेका थिए । त्यसविरुद्ध कांग्रेसले निर्वाचन आयोगमा बिहीबार उजुरी दिएर कारवाहीको माग गरेको हो ।

‘आचारसंहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको छ’ कांग्रेसले निर्वाचन आयोगले दिएको पत्रमा भनिएको छ ।

जेठ ५ गते बसेको कांग्रेस संसदलीय दलको बैठकले प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता विपरीत मत माग्ने वक्तव्य दिएको भन्दै भत्र्सना गर्ने निर्णय गरेको संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेले जनाएका छन् । कांग्रेस संसदीय दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।’

 
 
  
 

You may also like