कोरोनाबाट विराटनगरमा एकै दिन ११ जनाको मृत्यु

विराटनगर । कोरोना भाइरस संक्रमणबाट मोरङको विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट शिक्षण अस्पतालमा गरी बिहीबार एकै दिन ११ जना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर–८ का ४६ वर्षीय र ७६ वर्षीय पुरुष, विराटनगर ९ की ५५ वर्षीया महिला र ८६ वर्षीय पुरुष, विराटनगर १० का ७० वर्षीय पुरुष, सुनसरीको इटहरी–७ का ३० वर्षीय पुरुष, इनरुवा–३ का ४८ वर्षीय पुरुष, झुम्का–१ का ४३ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका–१ की ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

यस्तै, सुनसरीका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । विराटनगर–३ की ७० वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको विराट मेडिकल कोभिड अस्पतालका इन्चार्ज डा. सुनील देवले बताए ।

 

 
 
  
 

You may also like