दाउन्नेमा बस दुर्घटना : चार जनाको गयो ज्यान

नवलपरासी। । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार दुर्घटनामा परेर अहिलेसम्म चार जनाको निधन भएको छ । एक जना बसमै च्याएको अवस्थामा पाइएको छ ।

काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बुधबार बिहान बर्दघाट नगरपालिकाको दाउन्नेको खुर्सानी खोलामा दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार दुर्घटनामा परेर घाइते भएकाहरुलाई प्रहरी टोलीले उद्धार गरिरहेको छ । लकडाउनको समयमा पनि बस किन र के कारणले यात्रु बोकेर हिंडेको हो केही खुलेको छैन । बसमा कति यात्रु थिए र कति घाइते भए भन्ने विस्तृत विवरण आएको छैन ।

 
 
  
 

You may also like