कोरोनाबाट धरानमा थप पाँच जनाको मृत्यु

सुनसरी। कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्ष र कोभिड अस्पतालमा थप पाँच जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएपछि प्रतिष्ठानमा उपचारका लागि ल्याइएकामध्ये पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार मृतकहरुमा मोरङको बेलबारी नगरपालिका–९ बस्ने २८ वर्षीया महिला, धनुषाको जनकपुर–१४ बस्ने १७ वर्षीया महिला, सप्तरीको बलान विहुल–६ बस्ने ४७ वर्षीय पुरुष, सप्तरीकै सुरुङ्गा १ बस्ने ७० वर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिका ३ बस्ने ५० वर्षीया महिला रहेका छन् ।

 

 
 
  
 

You may also like