युवकको शव फेला

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको एक विद्यालय परिसरमा एक युवक मृत अवस्था फेला परेका छन् ।बकैया गाउँपालिका वडा नम्वर–३ जलजले स्थित ज्ञानज्योति आधारभूत विद्यालयको प्राङ्गणमा स्थानीय ३५ बर्षीय दीपक वाइवाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

सोमबार विहान ५ बजे विद्यालय परिसरमा वाइवाको शव घोप्टो परिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई हेटौंडा अस्पतालको शव गृहमा राखिएको र उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टमको तयारी भइरहेको समेत जनाइएको छ । मृतक वाइवा छारे रोगबाट पीडित रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

 
 
  
 

You may also like