कोरोनाबाट वीरगञ्जमा थप १६ जनाको गयो ज्यान

वीरगञ्ज । कोरोना भाइरस संक्रमणबाट वीरगञ्जमा थप १६ जनाको ज्यान गएको छ । शुक्रबार बेलुका ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा १० जना, वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल, नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल र होम आइसोलेसनमा १–१ जनाको मृत्यु भएको हो । मृतक मध्ये पर्साका ६, बाराका ७, रौतहट र सर्लाहीका १–१ जना र एकजना भारतीय नागरिक पनि छन् ।

नारायणी अस्पतालमा मात्रै १० जनाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
सर्लाहीको बरहथवा नगरपालिका–५ की ४७ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ । वैशाख २१ अस्पतालमा भर्ना भएकी उनको सोही दिन गरिएको एन्टिजीन परीक्षण पोजेटिभ आएको थियो । उपचारको क्रममा आइतबार बिहान साढे ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

 
 
  
 

You may also like