डा. बाबुराम भट्टराईले खोले मुख : मैले प्रधानमन्त्रीलाई भेटेकै हुँ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकार गरेका छन् । उनले केही दिनअघि ओलीलाई भेटेर प्रधानमन्त्री मागेको खबर आएपछि उनले त्यसको खण्डन गर्दै भेटेर सर्वदलीय सरकार बनाउन आग्रह गरेको प्रष्टीकरण दिएका छन् ।

ओलीले पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा सरकार बनाउने प्रस्ताव अस्वीकार गरेपछि अरूलाई नभनेको प्रष्टिकरण दिएका छन् ।
‘प्रमले दूतमार्फत बोलेकाले बोल्नै पर्ने भयो– महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान, पूर्वप्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेकै हो । उहाँले नमानेपछि अरूलाई नभनेको हुँ’, उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेका छन्, ‘अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिन्छ । सोचौं ।’

ओली निकट एमाले नेता महेश बस्नेतले हालै एक टेलिभिजन अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएका थिए । त्यही सन्दर्भमा भट्टराईले ओलीलाई आफूले भेटेको र भेटमा राष्ट्रिय सरकार बनाउन भनेको प्रष्टीकरण ट्वीटरमार्फत् दिएका हुन् ।

 

 
 
  
 

You may also like