ठोस प्रस्ताव विनाको संवादको अर्थ छैन, एक मात्र विकल्प विद्रोह : रामकुमारी झाँक्री

काठमाडौं । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चपलीमा वार्ता चलिरहेका बेला नेतृ तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले ठोस प्रस्ताव विनाको संवादको अर्थ नरहेको बताएकी छिन् ।

पार्टी फुटको घडीमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भइरहेको वेला झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छिन्, ‘ठोस प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नु हुन्न । आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारामा यो सबै हुँदै छ । ठोस प्रस्ताव विनाको संवादको अर्थ छैन । जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्छ । सचेत बनौं ।’

 

 
 
  
 

You may also like