देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच अन्तिम घडीमा बूढानीलकण्ठकै चपली हाइटमा वार्ता चलिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आज सकिंदै गरेका बेला प्रचण्ड नयाँ सरकार गठनका विषयमा छलफल गर्न देउवा निवासमा पुगेका हुन् । देउवा–प्रचण्ड नयाँ सरकार गठन गर्न तीब्र दौडधूपमा रहे पनि सरकार गठनका लागि आवश्यक सांसद संख्या पुगिसकेको छैन ।

यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग सभापति देउवाले छलफल गर्दै आफू नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । तर देउवाको प्रस्ताव ठाकुरले अस्वीकार गरेका थिए । देउवाले आज पार्टी पदाधिकारी वैठक बोलाएका छन् । दिउँसो ४ बजे बोलाइएको पदाधिकारी वैठकमा सरकार गठन र अहिलेसम्मको प्रगतिका विषयमा पदाधिकारीसँग छलफल गरिने भएको छ ।

 

 
 
  
 

You may also like