अमेरिकी इन्डो-प्यासिफिक कमान्डद्वारा नेपालमा अक्सिजनसहित स्वास्थ्य सामग्रीका लागि सहयोगको घोषणा

काठमाडौँ । अमेरिकाले नेपालमा कोरोना संक्रमणबाट अवस्था भयावह बनेपछि अमेरिकी इन्डो-प्यासिफिक कमान्डले अत्यन्तै जरूरी अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको छ ।

काठमाडौँस्थित अमेरिकी दुताबासले सो सहयोग बारे जानकारी दिएको हो । दुताबासले २०२० को अप्रील यता अमेरिकी इन्डो-प्यासिफिक कमान्डले अन्तरराष्ट्रिय मानवीय विपत्ति सहायता तथा नेपालको लागि नागरिक सहयोग अन्तरगत कोभीड-१९ को उपचार तथा व्यवस्थापनको लागि आवश्यक पिपिइ, आइसोलेशन सेन्टरका सामाग्री, अक्सीजन समबन्धी विभिन्न उपकरण, टेलिमेडिसिन का सामान, हात धुने केन्द्रहरू, तथा अन्य अत्यावश्यक सामान लगायत झन्डै ५८ लाख डलर बराबरको सहयोग उपलब्ध गराइसकेको उल्लेख गरेको छ ।

दुताबासले भनेको छ, ‘नेपाली जनताहरूको लागि अत्यन्तै कठीन यो समयमा अमेरिका तत्काल आवश्यक सामाग्रीहरूको यथाशक्य उपलब्धता गराउन निरन्तर प्रयत्नरत छ ।’

यो सँगै नेपालमा युएसएआइडीसमेत अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभीड-१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर बराबरको भएको दुताबासले जनाएको छ ।

 
 
  
 

You may also like