रुपन्देहीमा थप ५०४ जना कोरोना संक्रमण पुष्टि , ११ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा थप ५०४ जना कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ४३८ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरमा २६० नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा ७९ जना, ओमसतियामा ५० जना, सिद्धार्थनगरमा ३१ जना र देवदहमा र सैनामैनामा २४-२४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै कञ्चनमा १० जना, सियारीमा ९ जना, सुद्धोधनमा ८ जना, गैडहवा र रोहिणीमा ३-३ जना तथा मर्चवारी र लुम्बिनी साँस्कृतिक नगरमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like