बुटवल । कोभिड-१९ को दोस्रो चरणको लहर बढेसंगै पत्रकारहरुलाई लक्षित गरि नेपाल अौषधी ब्यवसायी संघ रुपन्देही शाखाले नेपाल पत्रकार महासंघ रुपन्देही शाखामार्फत सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। विहिबार एक समारोहका बिच संघका अध्यक्ष सुरज भट्टराईले महासंघका अध्यक्ष रामराज पोखरेललाई सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन ।
संघका अध्यक्ष सुरज भट्टराईले सचेतना नै कोरोना संक्रमण रोक्ने उपयुक्त उपाय भएको दाबी गर्दै यसतर्फ सरोकारवालाहरु लाग्नुपर्ने बताए। फिल्डमा खटिने क्रियाशिल एक सय जना पत्रकारलाइ पुग्ने गरि ५ हजार थान मास्क र एक सय थान सेनिटाईजर हस्तान्तरण गरिएको उनले बताए। स्वस्थ्य क्षेत्र संवेदनसिल पेशा भएकाले यसको विषयमा समाचार बनाउदा गम्भीर हुनुपर्ने उनले बताए । झट्ट हेर्दा एउटै लागेपनि अौषधी र सर्जिकल फरक ब्यवसाय भएको उनले बताए।
संघका उपाध्यक्ष खड्क बहादुर बस्नेत, सचिव नारायण थापाले ब्यवसायिक हकहितका लागि ब्यवसायी अभिमुखिकरणका साथै
सामाजिक उत्तरदायित्व अन्तरगत वर्षभरि नै अनाथ आश्रमलाई सहयोग, रक्तदान, चेतनामूलक कार्यक्रम लगायत कार्यक्रम गरिरहेको उनले बताए । संघ अन्तरगत १ हजार २ सय पसलहरु दर्ता भएर संचालन भएका छन। बिसं २०३० सालमा स्थापना भएको संघले निरन्तर आफ्ना ब्यवसायीको हकहित र सुरक्षासंगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ।