68
तनहुँको व्यास नगरपालिका– ५ शेरा सामुदायिक वनबाट सोमबार चितुवा नियन्त्रणमा लिइएको छ ।
डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिएको हो । कुमालगाउँका महिलाहरूले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए । महिलाहरूले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । डिभिजन वन कार्यालयबाट खटिएको टोलीले उक्त चितुवा नियन्त्रणमा लिएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
अन्दाजी ३५–४० किलो रहेको उक्त चितुवा वृद्धावस्थाको छ । तनहुँका विभिन्न भागमा चितुवाको त्रास छ । चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँका १० बालबालिकाले ज्यान गुमाएका छन् । रासस