२४ घण्टामा ३०३ कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा नेपाल ३०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (आइतबार) थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमित निको भएका छन् ।

आइतबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ । मुलुकभर ८३ जना क्वारेन्टाइनमा र २ हजार ९ सय ६१ जना आइसोलेसनमा रहेका छन । हालसम्म २३ लाख १२ हजार ९ सय ६१ पीसीआर परीक्षण भएका छन् ।

 

 
 
  
 

You may also like