दुई वटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० का १७ वर्षीय सगुन रुम्बा छन् ।

उनको उपचारका क्रममा सोमबार चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा तीन जना घाइते भएको र उनीहरुको हेटौंडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

गए राति हेटौंडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरु हेटौंडाका विज्ञान रुम्बा, विजय लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ । उपचारपछि रुम्बालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

 
 
  
 

You may also like