स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव : हल्का वर्षाको सम्भावना, हट्ला तुँवालो ?

काठमाडौं। नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । देशको पहाडी भू–भागहरुमा आंशिक बदलिएको अवस्था रहेको छ भने बाँकी भू–भागहरुमा बदली नरहेता पनि तुवाँलो रहेको छ ।

आज (बुधबार) देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन् । प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 
 
  
 

You may also like