चिरन्जीवी सापकोटाको ‘रेलको बाटो’ गित सार्वजनिक (भिडियो)

काठमाडौं । यसअघि नै लोकप्रिय बनिसकेको ‘रेलको बाटो’को अफिसियल भिडियो सार्वजनिक भएको छ । कलाकार चिरञ्जीबी सापकोटाको मुख्य अभिनय रहेको गीत गत  बिहिबार सार्वजनिक गरिएको हो ।

कर्णाली प्रदेशको विकट मानिएको डोल्पा जिल्लास्थित से–फोक्सुण्डो ताल आसपासमा गीतको छायांकन गरिएको थियो । गीतमा कणार्लीको दुर्गम परिवेशलाई भिडियोमा देखाइएको छ । सुरज पण्डितको आवाजमा रहेको यो गीतमा चिरञ्जीबी सापकोटासहित सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय छ । गीतको शब्द लेखराज गिरीले लेखेका हुन् ।

भिडियोको निर्देशन लक्ष्मण सुनारले गरेका हुन् । यसअघि यहि गीतको छायांकनका लागि डोल्पाको शे फोक्सुण्डो पुगेको कलाकारहरुको टोली हाई अल्टिच्युडको सिकार भएका थियो । पछि नेपाली सेनाको हेलिकोप्टरले बिरामीको उद्धार गरेको थियो ।

भिडियो :

 
 
  
 

You may also like