१६ वर्षीया किशोरी आफ्नै १३ वर्षीय भाइबाट बलात्कृत

सल्यान । सल्यानको बनगाड कुपिण्डे गाउँपालिकाकी एक १६ वर्षीया किशोरी आफ्नै १३ वर्षीय भाइबाट बलात्कृत भएकी छिन् । किशोरी गर्भवती भएको परिवारले थाहा पाएपछि बलात्कारको घटना सार्वजनिक भएको हो ।

गत फागुन २६ गते आफन्तको जोहरीपछि जिल्ला प्रहरी कार्यालय सल्यानले किशोरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले किशोरलाई बालबालिका कक्षमा राखेर घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । प्रहरी निरीक्षक ओलीका अनुसार किशोरीको आठ महिनाको गर्भ रहेको छ ।

 

 
 
  
 

You may also like